यो साता अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट, कसको कति?
३० मंसिर २०८०, शनिबार ०९:२२
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार आएतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमुल्यमा गिरावट आएको छ ।
बिहीबार बाणिज्य बैंक परिसूचक ०.३४ अंकले बढेर ११९७.१० को विन्दुमा कायम भएको छ। सो दिन वाणिज्य बैंक उपसूचकमा ०.०२ प्रतिशतको गिरावट आएको हो।
बिहीबार जम्मा १९ वाणिज्य बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये ८ बैंकहरुको मात्र शेयरमूल्य बढ्यो भने बाँकीका ११ वटै कम्पनीहरुको शेयरमूल्य घटेको हो ।