३० लाख बैंक ग्यारेन्टी बुझाए खाणले, सम्पत्ति शुद्धिकरणमा उपस्थित गराइँदै

२९ मंसिर २०८०, शुक्रबार १२:२२

काठमाडौँ । उच्च अदालत पाटनको धरौटीमा छुट्ने आदेशपछि पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले ३० लाख बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत जिल्ला अदालत काठमाडौँमा ३० लाख बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएको पत्र पुगेपछि खाणलाई सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने बताइएको छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*