अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

२९ मंसिर २०८०, शुक्रबार १२:३६

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले १ः१ को अनुपातमा गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरिएको हकप्रद शेयरको बाँडफाँड भएको हो।

कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कुल ६,४३,२९३ जना कायम साधारण शेयरधनीहरुबाट ५,१८,९१,००० कित्ता शेयरमध्य भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना शेयरधनीहरुबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना शेयरधनीहरुले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए ।

उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समाबेश नगर्ने गरी कायम शेयरधनीहरुलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयर मंसिर २८ गते निष्काशन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्काशन कम्पनी, निष्काशन तथा विक्री प्रबन्धकहरुको उपस्थितिमा बाँडफाँड गरिएको जनाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*