क्यान महासंघको विधान महाधिवेशन तथा वार्षिक साधारणसभा भोलिदेखि पोखरामा

२९ मंसिर २०८०, शुक्रबार १२:११

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को पहिलो प्रथम विधान महाधिवेशन तथा ३०औं वार्षिक साधारणसभा पोखरामा हुँदैछ । क्यान महासंघले दिएको जानकारी अनुसार मंसिर ३० अर्थात भोलिदेखि प्रथम विधान महाधिवेशन सुरु हुने र पर्सि पुस १ गते वार्षिक साधारणसभा हुने भएको छ ।

पोखरा सृजना चोकको एक पार्टी प्यालेसमा हुने वार्षिक साधारणसभामा वार्षिक कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्ने तथा अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची छ । क्यान महासंघका महासचिव चिरन्जिवी अधिकारीका अनुसार महासंघको केन्द्रीय साधारण सभामा सहभागी हुन केन्द्रीय कार्यसमिति अन्तर्गत रहेका व्यक्तिगत, व्यक्तिगत आजीवन, संस्थागत, संस्थागत आजीवन तथा विषयगत सदस्यहरुले सदस्यता प्राप्ति, नविकरण तथा व्यवस्थापन सम्बन्धि निर्देशिकका २०७७ बमोजिम आफ्नो सदस्यता नविकरण गरेको हुनुपर्ने छ ।

जिल्ला शाखा सदस्यहरुको हकमा केन्द्रीय सचिवालयमा शाखा नविकरण गरेका जिल्ला शाखाहरुको प्रतिनिधि एवं पर्यवेक्षक हुनुपर्ने बताइएको छ । यस्तै, साधारणसभामा सहभागी हुन सदस्यताको प्रकृति अनुसार परिचयपत्र साथमा लिई तथा संस्थागत प्रतिनिधित्व जनाउने पत्र इमेल गर्न भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*