मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी (सूचनासहित)
२९ मंसिर २०८०, शुक्रबार १०:२८
काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले करार सेवामा कर्मचारी दपूर्तिका लागि आवेदन मागेको छ । जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले संख्या नखुलाई करार सेवामा कर्मचारी पदपूर्तिका लागि आवेदन मागेको हो ।
उसले नवौँ तहको कन्सल्टेन्ट प्याथोलोजिष्ट र मेडिकल ल्याव टेक्निसियन केही संख्या भनेको छ भने सातौं तहको मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट केही संख्यामा मागेको छ । यस्तै, पाँचौ तहको ल्याब टेक्निसियन र चौथो तहको ल्याब असिस्टेन्ट समेत केही संख्यामा मागेको छ । योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।