लाभांश प्रस्तावसहित सेक्यूर्ड सेक्यूरिटिजले डाक्यो साधारण सभा

२९ मंसिर २०८०, शुक्रबार ०७:१८

काठमाडौं । सेक्यूर्ड सेक्यूरिटिज लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले पुस २० गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजेदेखि सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३० करोड रुपैयाँ पुर्याउन स्वीकृति प्रदान गर्नेछ।

त्यस्तै, सभामा लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान र नगद प्रवाह आदिमा छलफल तथा पारित गर्ने, संचालक समितिको चयन गर्ने र अन्य उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग मर्जरका लागि अख्तियारी प्रदान गर्ने एजेण्डा अघि सारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*