व्यावसायिक भवनहरुले पार्किङ शुल्क उठाउन पाउने, काठमाडौं महानगरको कानून सर्वोच्चद्वारा बदर

२८ मंसिर २०८०, बिहीबार १६:५८

काठमाडौं । व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन नपाउने भनी काठमाडौं महानगरपालिकाले  बनाएको कानून सर्वोच्च अदालतले बदर गरिदिएको छ । सम्पत्तिको उपभोग गर्न पाउने हकमा अंकुश लगाउने अधिकार स्थानीय तहलाई नभएको भन्दै सर्वोच्चले महानगरको कानूनलाई बदर गरेको हो ।

बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायधीश सहित ५ जना न्यायधीशको संयुक्त अदालतले सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान नगरेको उल्लेख गर्दै यो निर्णयलाई अमान्य र बदर घोषित गरिदिएको हो ।

‘सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अङ्कुश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिई काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्थाहरू नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ को उपदफा (४) र अनुसूची ११(क) को क्रमसङ्ख्या (१) र क्रमसङ्ख्या (३) लाई नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ ।

आदेशको जानकारी प्रत्यर्थी काठमाडौँ महानगरपालिकालाई दिनू,’ आदेशमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*