कालिन्चोक दर्शनद्वारा वार्षिक साधारण सभा आह्वान, छैन लाभांश प्रस्ताव
२८ मंसिर २०८०, बिहीबार १७:०३
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २६ गतेका दिन रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौंमा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे सूरु भएको छ ।
सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै, संस्थापक तथा सर्वसाधारण सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने विषयमा छलफल हुनेछ ।
कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १२ गते बुक क्लोज गर्ने भएको छ ।