नेपाल एसबिआई बैंकको बोनश शेयरमूल्य समायोजन

२८ मंसिर २०८०, बिहीबार १५:५६

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले नेपाल एसबिआई बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज बैंकको तीन दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य तीन सय १० रुपैयाँ तोकेको छ । नेप्सेले आज कायम अन्तिम शेयर मूल्य तीन सय २२ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*