यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
२८ मंसिर २०८०, बिहीबार १५:२४
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि ९१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये गुरासँ लघुवित्तको ४ दशमलव ९८ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ । त्यस्तै, मानुषी लघुवित्तको ४.७८, सिवाइसी नेपाल लघुवित्तको ४.०४ प्रतिशत लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।