सामान्य अंकले बढ्यो नेप्से, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा उत्साह कायमै

२८ मंसिर २०८०, बिहीबार १५:११

काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ६.५५ अंकले बढेर १९९४.६० को विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो दिन बुधबार नेप्से २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा रोकिएको थियो । साताको पहिलो कारोबार दिन उछाल आएको नेप्से दोस्रो दिन घट्दा अहिले लगातार उकालो लाग्ने क्रममा छ ।

बिहीबार नेप्सेमा सूचीकृत ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँको कारोबार भएको छ ।

बिहीबार वाणिज्य बैंकसहित ५ वटा उपसूचक ऋणात्मक हुँदा विकास बैंक र निर्जीवन बीमा उपसूचकमा उत्साह कायमै रहयो । वाणिज्य बैंकतर्फ सामान्य गिरावट आउँदा, लघुबित्त र जीवन बीमा उपसमूहमा दोहोरो अंकको गिरावट आएको छ ।

सबैभन्दा बढी धक्का व्यापार उपसूचकलाई पुगेको छ । जुन २६.५५ अंकले ऋणात्मक हुन पुगेको छ । निर्जीवन बीमा ५५.७१ अंकले बृद्धि हुँदा विकास बैंक उपसूचकमा ५२.११ अंकको बृद्धि भएको छ । यस्तै, हाइड्रो पावर, उत्पादन तथा प्रशोधन र अन्यतर्फ पनि दोहोरो अंकको बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*