मुक्तिनाथ कृषि कम्पनीको पहिलो शेयर कारोबार कतिमा भयो ?
२८ मंसिर २०८०, बिहीबार ११:३२
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको बिहीबार १७८ रुपैयाँमा पहिलो कारोबार भएको छ। बिहीबारदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८ रुपैयाँ ८ पैसमा भएको हो।
बुधबार कम्पनीको कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको थियो। बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो।