ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
२८ मंसिर २०८०, बिहीबार ११:०२
काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो ।
सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ । जस अन्तर्गत संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन भएका छन् ।
सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गरेको छ ।