जीवन बीमा कम्पनीहरु दीर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने भन्दै छलफलमा

२८ मंसिर २०८०, बिहीबार ०५:४७

काठमाडौं । बीमा कम्पनीहरुले दिर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने तयारीमा जुटेको छ । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल भईरहेको एक सिईओले बीमापोष्टलाई जानकारी दिएका छन् ।

जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच एनसेलको सेयर खरिद विषय चलिरहेको हो। एनसेल खरिद गर्न अनुमति दिने हो बीमा कम्पनीहरू सेयर किन्न तयार रहेको जीवन बीमकहरुको धारणा रहेको छ ।

हाल संचालमा रहेका जीवन बीमा कम्पनीले संयुक्त रुपमा लगानी गर्ने बिषयमा सिईओहरुबीच छलफल चलिरहेको छ । जीवन बीमा कोष लगायत दीर्घकालिन प्रकृतिको कोषमा रकम वृद्धि हुँदै जाँदा जीवन बीमा कम्पनीहरुले दीर्घकालिन प्रकृतिको लगानीको क्षेत्र खोजिरहेका छन् ।

बीमा कम्पनीहरुको लागि दिर्घकालीन लगानीको लागि एउटा उत्तम विक्लप रहेको कारण सो बिषयमा नियामक निकाय बीमा प्राधिकरण पनि सकारात्मक रहेको छ ।

यद्यपि यति सजिलै बीमा कम्पनीहरुले एनसेलको शेयर खरिद गर्न भने सक्नेछैनन् । बीमा कम्पनीहरुले किन्न सकेमा भविष्य राम्रो भएको क्षेत्र भएकोले पहल किन नगर्ने भन्दै छलफल चलाएको ति सिईओले प्रष्ट पारे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*