बोनश शेयर समायोजनपछि कति भयो नेपाल इन्स्योरेन्सको शेयरमूल्य ?

२७ मंसिर २०८०, बुधबार १६:५६

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले नेपाल इन्स्योेरेन्सको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य सात सय ९५ दशमलव ४५ रुपैयाँ तोकेको छ । नेप्सेले बुधबार कायम अन्तिम शेयर मूल्य आठ सय ७५ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात इन्स्योरेन्सका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*