बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक गरेको छ । मंसिर २९ गतेबाट अभिकर्ताको परीक्षा संचालन गर्न लागेको प्राधिकरणले सूचना मार्फत जनाएको छ।
प्राधिरकणले गत कार्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्नका लागि अनलाइन माध्यमबाट परीक्षा संचालन गर्न शुरु गरेको थियो । प्राधिरकणले मंसिर तथा पुस महिनामा हुने अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो ।
प्राधिकरणले मंसिर २९ गते शुक्रबार दिउँसो १ः३० बजेबाट ३ बजेसम्म र ३ः३० बजेबाट साझ ५ बजेसम्म संचालन गर्ने भएको छ ।
मंसिर ३० गते विहान ११ बजेदेखि १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म संचालन गर्ने जनाएको छ । त्यस्तै, पुस १ गते आइतबारबाट पुस ७ गते शनिबारसम्म तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिम विहान ८ः३० बजेदेखि १० बजेसम्म संचालन गर्ने समेत जनाएको छ ।