नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत

२७ मंसिर २०८०, बुधबार १२:४२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारमिा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) मा वितरण गरेको १४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ७६ रुपैयाँ ८१ पैसा र अधिकतम२३० रुपैयाँ ४३ पैसा तोकेको छ । कम्पनीको नेप्से सिम्बोल एमकेसिएल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*