हाइड्रोपावर समुहको उपसूचक उचालिदा ८३ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ? (सूचीसहित)
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बृद्धि भएर १९८५ दशमलव ४४ को विन्दुमा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षाको कारण शेयर बजारमा हरियाली छाएको शेयर बजारका जानकार बताउछन् । शेयर बजार बढेसँगै मंगलबार हाइड्रो परिसूचक ३ दशमलव ३० प्रतिशतले अर्थात ६९.९० को अंकले बढेर २१८६.९८ को विन्दुमा कायम भएको छ ।
मंगलबार हाइड्रो परिसूचकमा ८९ कम्पनीको शेयर कारोबार भएको छ । शेयर बजारमा धेरै समयपछि हाइड्रो उपसूचकमा कारोबार भएका यति धेरै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा ८३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । भने, चार वटा कम्पनीको घटेको र २ वटा कम्पनीको शेयरमूल्य सोही मूल्यमा कारोबार भएको नेप्सेले देखाएको छ ।
हाइड्रो उपसूचक बढेसँगै त्रिशुली जलविद्युत कम्पनी र दोल्ती पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक रहेको छ । मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ८२४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मंगलबार रुरु जलविद्युत परियोजनाको ७३३ रुपैयाँ, सुपरमाई हाइड्रोपावरको ५४७ रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५३६ रुपैयाँ, माउन्टेन इनर्जि नेपालको ५३५ रुपैयाँ र माण्डु हाइड्रोपावरको ५२९ रुपैयाँ र यी बाहेक अन्यको पाँच सय रुपैयाँभन्दा मुनी रहेको छ ।
कुनको कति ?