अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर कहिले बाँडफाँड हुँदैछ ?

२६ मंसिर २०८०, मंगलवार १६:४५

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँड गर्ने भएको छ।कम्पनीको हकप्रद सेयर मंसिर २८ गते बाँडफाँट गर्ने तयारी भएको जनाएको छ।

गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो।

यो हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेपछि हकप्रदमा असोज २२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।

१०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

One thought on “अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर कहिले बाँडफाँड हुँदैछ ?

  1. Dhan Gahatraj says:

    यो अप्पर तामाकोशीको हकप्रद शेयर कैले dmate खातामा आउने हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*