आजै लाभांश घोषणा गरेको छिमेक लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२६ मंसिर २०८०, मंगलवार १५:१५
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज बढेको हो ।
मंगलबार शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को विन्दुमा कायम भएको छ । नेप्सेमा हरियाली छाएतापनि २९ कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।
नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये सिवासी नेपाल लघुवित्तको शेयरमूल्य ५ दशमलव ११ प्रतिशतले सर्वाधिक गिरावट आएको छ । त्यस्तै, आज सिंगति हाइड्रोपावरको ४ दशमलव ७३ प्रतिशत, छिमेक लघुवित्तको ३ दशमलव ८५ प्रतिशत, गणपति लघुवित्तको ३ दशमलव ६१ प्रतिशतले शेयरमूल्य गिरावट आएको छ ।