बीमा पोलिसी सरेण्डर गर्ने बीमितिको संख्या ३८ प्रतिशत र बीमालेख रकम ३२ प्रतिशतले घट्यो, एशियन लाइफमा देखिएन सुधार
काठमाडौं । गत असोजको तुलनामा कात्तिक बीमा पोलिसी त्याग्नेको संख्या करिब ४ हजारले घटेको छ ।नेपाल बीमा प्राधिकरणको अनुसार असोजमा बीमा पोलिसीको संख्या र रकम दुबै घटेको छ ।
कार्त्तितकमा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।जबकी गत असोज एक महिनामा मात्रै ९ हजार ९३६ जनाले एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो ।
प्रतिशतको आधारमा हेर्ने हो भने पोलिसी त्याग्ने बीमितिको संख्या ३८.७० प्रतिशत र बीमालेख रकम ३२.७९ प्रतिशतले घटेको छ ।
सञ्चालनमा रहेका १४ कम्पनीमध्ये नेपाल लाइफको सर्वाधिक रकमको बीमापोलिसी सरेन्डर भएका छन् भने सबैभन्दा कम रिलायबल नेपाल लाइफको छ । नेपाल लाइफको २६ करोड ४३ लाख र रिलायबल नेपाल लाइफको ४० लाख ८७ हजार रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।
प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी घटेको छ । कम्पनीमा बीमा पोलिसी सरेन्डर रकम एक महिनामै ६८.११ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा एशियन लाइफको मात्रै सरेन्डरदर बढेको छ । इन्स्योरेन्सले एक महिनामा ८७ लाख २३ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर बढेको हो । संख्या पनि ३०.२१ प्रतिशतले बढेर ९८७ पुगेको छ ।