वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

५ श्रावण २०७८, मंगलवार ०९:५२

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको हो ।

अघिल्लो आर्थिक बर्ष २०७६/७७ को अन्त्यसम्म वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षको अन्तिम सातासम्ममा वाणिज्य बैंकहरुले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

असारको तेस्रो सातामा भने वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। वाणिज्य बैंकहरुले असारको अन्तिम २ सातामै १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको एसोसिएसनको तथ्याङ्कले देखाएको छ । त्यस्तै, वाणिज्य बैंकहरुले असारको अन्तिम साता ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्।

योसँगै गत आर्थिक वर्षको अन्तिम सातासम्म वाणिज्य बैंकको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। असारको तेस्रो साता पनि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। असारको अन्तिम २ सातामा बैंकहरुले कुल ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

बैंकहरुको बढेको निक्षेप र कर्जाको हिस्सामा सबैभन्दा बढीअगााडि एनआईसी एशिया बैंकको छ । एनआईसीले गत आर्थिक बर्षभरी ८९ अर्बबराबरको निक्षेप संकलन गरी ९१ अर्बको कर्जा प्रवाह गरेको छ ।

दोस्रो धेरै निक्षेप बढाउने बैंक ग्लोबल आईएमई हो जसले निक्षेप संकलन ५६ अर्बले बढाएर २ खर्ब ८३ अर्ब पुराउन सुफल भएको छ। यस्तै तेस्रोमा रहेको सिटिजन्स बैंकले निक्षेप ५० अर्बले बढाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*