अख्तियारले घिमिरेलाई तोक्यो प्रवक्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ प्रवक्ता तोकेको छ । अख्तियारले प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेलाई दिएको हो । मंसिर २५ अर्थात् सोमबारबाटै लागू हुनेगरी घिमिरेलाई प्रवक्ता तोकिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन +९७७-१-५२६२२३० मोबाइल ९८५१२३३२८१ तोकिएको अख्तियारले जानकारी दिएको छ । यसअघि अख्तियारको प्रवक्ता भोला दाहाल थिए ।