नेपाल हाइड्रोको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?

२५ मंसिर २०८०, सोमबार ०६:३६

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँलाई आधार मानेर आइतबार मूल्य समायोजन गरिएको हो ।

समायोजन पश्चात् नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ । आज सोमबार यही मूल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीले बोनस वितरणको लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*