उड्दा उड्दै ताराको विमानले इमर्जेन्सी झ्यालको सीसा खसाल्यो

२४ मंसिर २०८०, आईतवार १३:५३

काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाज कलसाइन ९ एन एएलआको आपत्तकालीन अर्थात् इमर्जेन्सी झ्यालको सीसा खसेको छ ।

काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालीन झ्यालको सीसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

विमान सहज तरिकाले ल्याण्ड भएको प्राधिकरणले जानकारी दिएको छ । झ्याको सीसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएको बताइएको छ ।-तस्वीर वेब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*