नेशनल हाइड्रोको साधारण सभा पुस ६ गते

२४ मंसिर २०८०, आईतवार १२:०१

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा पुस ६ गते गर्ने भएको छ। कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

कम्पनीले यसअघि मंसिर २२ गते सभा बोलाएको थियो। तर सभामा शेयरधनीहरुको गणपुरक संख्या नपुगेपछि सभा स्थिगित गरिएको थियो।

लाभांश संबन्धी कुनै प्रस्ताव नराखेको यस कम्पनीको सभामा आव २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभामा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ। अर्थात् मंसिर ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*