लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
२४ मंसिर २०८०, आईतवार १०:११
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएको हो।
बैंकले उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीलाई दिएको थियो । तर तोकिएको समयभित्र शेयरधनीबाट खरिद आवेदन नपेपछि सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित मिति (मंसिर २४ गते) ले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा खरिद आवेदन दिन सक्नेछन् ।