नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार
४ श्रावण २०७८, सोमबार १५:१२
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ ।
आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ दशमलव ६ रुपैयाँको कारोबार भएको छ ।
नप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज ६ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा २०६.२६ सबैभन्दा बढि अंकले बृद्धि भएको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । कम्पनीको आज ३५ करोड ४१ लाख ६६ हजार ४४ रुपैयाँको कारोबार भएको छ । त्यस्तै सर्वाधिक कमाउने कम्पनीमा आज सिनर्जी पावर डेभलपमेन्ट रहेको छ । सो कम्पनीको आज सर्किट लेभलमा कारोबार भएको हो ।