रिलायबल नेपाल लाइफद्वारा ३१ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु वापतको दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले बीमितको घरमै पुगरे एक कार्यक्रमको आयोजना गरी दाबी भुक्तानी गरेको हो।
कम्पनीले रुपन्देही सैनामैना नगरपालिकाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई मृत्यु दाबी बापतको ३१ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो । सैनामैना नगरप्रमुमख फणेन्द्र शर्माले मृतककी पत्नी सुशिला चौधरीलाई उक्त रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
मृतक चौधरीले ३० लाख बीमांकको बीमालेख खरिद गरेका थिए । उनले दुई किस्ता बापत जम्मा ३ लाख १४ हजार रुपैयाँ कम्पनीमा जम्मा गरेको कम्पनीले जनाएको छ।
दाबी भुक्तानी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमखु शर्माले बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न बीमा आलटाल गर्छन भन्ने गुनासोलाई घरमै गएर दाबी भुक्तानी गरी उत्तर दिएको बताए। बीमा हुने खाने भन्दा हुदा खाने बर्गलाई झन बढी आवश्यक पर्ने बताउदै बीमाको दायरा बढाउन बीमा कम्पनीहरु शहर केन्द्रित नभई गाउँ गाउँ जानुपर्ने बताउदै आवश्यक सहयोगको लागि नगरपालिका सदैव तयार रहेको बताए।
मणिग्राम शाखाका प्रमुख विष्णु मुराउले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशका उप प्रमुख ईश्वर पाण्डेयले गरेका थिए । सो कार्यक्रममा एमडीआरटी माधव भुसाल तथा सिनियर एजेन्सी शालिकराम वोस्तिले आफ्नो मन्तव्य राखेका थिए।
उक्त रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य मन्जु परियार, वडाध्यक्ष भुवन क्षेत्री, सैनामैना सामुदयिक वनका उपाध्यक्ष जीतबहादुर गाहा, रिलायबल नेपाल लाइफ बुटवल शाखाका मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डे, महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझि, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख राम प्रसाद अधिकारी, एजेन्सी म्यानेजरहरु, मृतकका परिवार तथा छिमेकीहरुको उपस्थिति रहेको थियो।