सूर्यज्योति लाइफको टोखा शाखाद्वारा बीमा दावी भुक्तानी

२१ मंसिर २०८०, बिहीबार १४:२९

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखा कार्यालयले उक्त बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले आज एक कार्यक्रमकाबीच बीमित स्वर्गिय दिपक गुरुङ्गकी श्रीमतीलाई बीमा दावी वापतको २ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बीमितले २०७९बैशाख १३ गते कम्पनीबाट दुइ लाख ५० हजार बिमाङ्कको सुर्यज्योति साबधिक जिवन बीमा योजना लिएका बुटवल–१० रुपन्देहि बस्ने बीमित गुरुङले दोस्रो किस्ता समेत जम्मा ३३ हजार रुपैयाँ बुझाएका थिए ।

कम्पनीले यही असोज २१ गते उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा अस्पतालमा मृत्यु भएकोले उनकि श्रीमती सर्मिला गुरुङलाई २ लाख ६९हजार ४ सय ७९ रुपैया कम्पनीका क्षेत्रीय प्रमुख अम्बिका तिमल्सिना तथा टोखा शाखा प्रमुख बखान सिंह गुरुङले हकवाला सर्मिला गुरुङलाइ चेक हस्तान्तरण गरे ।

आजको सानो बचतले भविष्यमा आउने ठुलो आर्थिक संकट व्यवस्थापन गर्न सारथिको रुपमा बीमाले महत्वपूर्ण भुमिका निर्वाह गरेको टोखा शाखा प्रमुख बखान सिंह गुरुङले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*