लुम्बिनीमा बीमा प्रदेश प्रमुखसँग प्राधिकरणको अन्तक्रिया कार्यक्रम सम्पन्न
२० मंसिर २०८०, बुधबार १४:०२
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा बीमकका प्रदेश प्रमुखहरुसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
होटल एस.आर बुटवलमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशिल देव सुवेदीको उपस्थिति रहेको थियो ।
त्यस्तै, उक्त कार्यक्रममा सन नेपाल लाइफका सिईओ राजकुमार अर्याल तथा प्रभु इन्स्योरेन्सका सिईओ संजित ब्रजाचार्यको उपस्थिति रहेको थियो ।