एनसेलको शेयरविक्रीबारे छलफल गर्न संसदको लेखा समितिले बोलायो बैठक
१९ मंसिर २०८०, मंगलवार १३:५४
काठमाडौं । गुपचुपमा एनसेलको शेयर खरिद-विक्री गरिएकोबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलको शेयर विक्रिबारे छलफल हुने भएको हो ।
उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था (एनसेल)को सेयर खरिद–बिक्रीबारे प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो ।
मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतमा हालसालै स्थापना भएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो ।