बुद्धको प्लेन जनकपुर ल्याण्ड गर्न नसकेपछि काठमाडौं फिर्ता, प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमा गए बर्दिबास
१९ मंसिर २०८०, मंगलवार १२:४३
काठमाडौं । नेपाली हवाई क्षेत्र सुरक्षित र व्यवस्थित हुन नसकेको बहस चलिरहे कै बेला प्रधानमन्त्री प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फिर्ता भएको छ।
मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबीका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेको बताइएको छ । जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९ः४८ बजे जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गएको बताइएको छ । प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी समेत छ।