सप्तरीको बरमझियाबाट विस्थापित भयो बरमझियाको पेडा

१९ मंसिर २०८०, मंगलवार ११:०९

काठमाडौं । चर्चित बरमझियाको पेडा खान वा पार्सल पठाउनका लागि अब बरमझिया नै पुगिरहनु नपर्ने भएको छ । अब चतरामा पनि बरमझियाको पेडा विक्रि हुन थालेको छ । मदन भण्डारी राजमार्गको वराहक्षेत्र १ चतरा कोशी पुल आसपासका क्षेत्रमा थुप्रै पसलले बरमझियाको पेडा बेच्न थालेका छन् ।

बरमझियाको पेडा, सप्तरीको फेमस पेडादेखि बुढो बाजेको पेडा, पुरानो बाजेको पेडा, अरुण शाहको पेडालगायतका पेडा कोशी पुन क्षेत्रमा सरेका छन् । बरमझियामा पेडा व्यवसाय कम हुँदै गएपछि पसल चतरातिर सरेका बताइएको छ । सप्तरीको बरमझिया क्षेत्रमा यात्रुहरुको चहलपहल घटेसँगै पेडा पसलेहरु चतरातिर सरेका हुन् ।

२०७२ सालमा चतरामा कोशी पुल बनेपछि सुनसरीको चतरा, वराहक्षेत्र र उदयपुरको रामपुर, बेलकालगायतका क्षेत्रमा यात्रुको चहलपहल बढेको छ । मदन भण्डारी राजमार्ज सञ्चालमा आएसँगै कोशी पुल क्षेत्रमा व्यापार गर्नेको भीड बढेको छ । शनिबार इटहरी, विराटनगर, धरान, दमक र उदयपुर चौदण्डीगढी, बेलटार, गाईघाटदेखिका स्थानीय माछा र पेडा कै लागि कोशी पुल छेउ पुग्ने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*