कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१९ मंसिर २०८०, मंगलवार १०:५४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नगेन्द्र प्रसाद विमलीको नाममा रहेको २२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको मूल्यभने विक्रेताले तोकेबमोजिम हुनेछ । साथै, दिइएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*