मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाखको हात खाली

१९ मंसिर २०८०, मंगलवार ०६:२२

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज (मंसिर १९) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने तय भएको हो ।

मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ। कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*