हिमालयन लाइफको विराटनगर शाखाद्वारा ५ दिनमै बीमा दाबी भुक्तानी

१८ मंसिर २०८०, सोमबार १७:४८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाद्वारा केवल ५ दिनमा आवश्यक कागजात प्रदान गर्ने बितिकै बीमा दाबी भुक्तानी प्रदान गरेको छ ।

बिमीत चन्द्रमणि अधिकारीको रंगेलीबाट विराटनगर आउने क्रममा सडक दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो। बीमितको हकवाला श्रीमतीलाइ आफ्नो श्रीमानले बीमा गरेको थाहा नभएको र विराटनगर शाखा को कर्मचारीहरु र अभिकर्ता श्रदान्जली अर्पण गर्न स्वयं घरमा आफै पुगेर थाहा दिएको जानकारी गराइन ।

बीमितको केही वर्ष अघि मात्रै बिवाह भएको र एउटा १।५ वर्षको मात्र छोरा रहेको हुदा छोराको उच्च शिक्षाको लागि यो दाबी रकम गहिरो घाउमा मलम स्वरूप भएको बीमितको श्रीमतीले जानकारी दिइन ।

विराटनगर शाखाको शाखा प्रमुख सन्तोष आचार्यको अनुसार हिमालयन लाइफ इन्स्योरेन्स हाल नेपालको उत्कृष्ट कम्पनी रहेको यसबाट छिटो छरितो ढंगले प्रदान गर्ने सेवाले समेत पुस्टि गर्दछ ।

 

One thought on “हिमालयन लाइफको विराटनगर शाखाद्वारा ५ दिनमै बीमा दाबी भुक्तानी

  1. राम प्रसाद अर्याल says:

    कति को बीमा थियो केहि उल्लेख भयन नि?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*