जीवन बीमाको उपसूचकमा उछाल आउदा आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१८ मंसिर २०८०, सोमबार १७:३५
काठमाडौं । यो साता कारोबारको दोस्रो दिन समग्र शेयर बजार घटेकोमा लाइफ इन्स्योरेन्स उपसूचक भने बढेको छ ।
सोमबार ३.४२ अंकले घटेको शेयर बजारमा लाइफ इन्स्योरेन्स उपसूचक ० दशमलव ९७ प्रतिशत अर्थात ९८ अंकले बृद्धि भई १० हजार २८१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि जीवन बीमाका सबै कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।
नेप्सेमा कारोबार भएका जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य २.२३ प्रतिशतले बृद्धि भएर ४४९ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको २.२३, रिलायबल नेपाल लाइफको २.१९, नेशनल लाइफको २ र नेपाल लाइफको ०.१५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।