ब्याट्रीमा समस्या आएपछि रारा विमानस्थलमै थन्कियो नेपाल एयरलाइन्सको ट्विनअटर
१८ मंसिर २०८०, सोमबार ११:३४
काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएर थन्किएको छ । नेपालगन्जबाट रारा विमानस्थल पुगेको नाइन एनएबियु कल साइन भएको ट्विनअटर ग्राउण्डेड भएर थन्किएको हो ।
तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको बताइएको छ । जहाँजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो।
बिहानैदेखि मुगु र रारा विमानस्थलमा मौसम खराबीका कारण पहिल्यै थन्किएको जहाज झन् विमानस्थलमै ग्राउन्डेड हुन पुगेको हो । मौसम वदलीपछि मुगुमा पनि हिमपात भएको छ ।