नबिल बैंकको साधारण सभाको मिति हेरफेर, बुक क्लोज कहिले ?

१८ मंसिर २०८०, सोमबार १०:२१

काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारण सभाको मिति हेरफेर भएको छ । बैंकले पुस १३ गते बोलाएको साधारण सभा एक दिन अघि सरेको हो ।

बैंकले सभा अब पुस १२ गते आर्मी अफिसर्स क्लब भद्रकाली–काठमाडौंमा बिहीबार बिहान १० बजे सुरु गर्ने जानकारी दिएको छ । उक्त सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । अर्थात् मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

साथै, सभामा आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु स्वीकृति गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८।८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*