२५ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन डिस्टिलरीको निर्णय, बुक क्लोज कहिले ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीकोे १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । हिजो अर्थात मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । आगामी पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्रै उक्त वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।