हुम्लामा हिमपात, जनजीवन कष्टकर
१८ मंसिर २०८०, सोमबार ०९:५२
काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हुम्लामा सोमबार बिहानबाट हिमपात भएको हो ।
हिमपातसँगै चिसो बढेपछि जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने पशु चौपाया बाहिर निकाल्न मुस्किल भएको छ ।
बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ । गहुँ जौ, उवा छर्ने समय भएकाले किसानलाई भने राहत भएको छ ।