नयाँ स्टक एक्सचेन्जको व्यवसायीक र स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको समाचारले दोस्रो बजारमा असर

१७ मंसिर २०८०, आईतवार १४:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले नेपाल स्टक एक्सचेन्जका कर्मचारीले समेत त्यसमा साथ दिएका छन्।

नेप्सेका कर्मचारीले आइतबार एक विज्ञप्ति जारी गर्दै साथ दिएका हुन्। धितोपत्र बोर्डले नयाँ एक्सचेन्जको लाइसेन्स दिँदै गर्दा विभिन्न व्यवसायीक र स्वार्थ स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको समाचार प्रकाशित भएको र त्यसले दोस्रो बजारमा समेत असर गरिरहेकोले जाँचबुझ हुनु पर्ने माग विज्ञप्ति मार्फत गरेका छन्।

“नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनको लागि नयाँ स्टक एक्सचेन्जलाई इजाजत पत्र दिने विषयमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको भनी विभिन्न राष्ट्रिय स्तरका प्रतिष्ठित सञ्चार माध्यमहरूमा निरन्तर समाचार प्रकाशित हुँदै आएको सबैमा सर्वविदितै छ। जसका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा समेत नकारात्मक प्रभाव परेको हुँदा यस सम्बन्धमा नेपाल सरकार, सम्बन्धित निकाय एवम् सरोकारवाला पक्षबाट निष्पक्ष, सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गर्दछौ,” नेप्से कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*