३० इन्टरनेट कम्पनीलाई दूरसञ्चार प्राधिरकणको चेतावनी-७ दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज
१७ मंसिर २०८०, आईतवार ०९:५८
काठमाडौं । समयमा वित्तीय विवरण तथा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले ७ दिन भित्र सम्पर्क आउन अल्टिमेटम दिएको छ ।
दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर ७ दिनभित्र सम्पर्कमा ३० नआए लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएको छ ।
सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयमा नबुझाएका कारण प्राधिकरणले ७ दिनको समय दिएको हो । ७ दिनभित्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी प्रक्रिया अगाडि बढाउने चेतावनी प्राधिकरणले दिएको छ ।