ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सी फुड’ मा २७% सम्म आर्कषक छुट

१५ मंसिर २०८०, शुक्रबार १५:३६

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सी फुडबाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७% सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ ।  बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका हुन् ।

ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*