मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट आएको हो ।
बिहीबार बैंकिङ्ग उपसूचक ० दशमलव ९१ प्रतिशत अर्थात १०.६५ रुपैयाँले घटेर ११५०.०४ को विन्दुमा कायम भएको छ । यो साता कारोबारको अन्तिम दिन कारोबार भएका १९ बैंकहरुमध्ये तीन बैंकको शेयरमूल्य बृद्धि हुदा १५ बैंकको शेयरमूल्य घटेको छ । जसमा १ बैंकको भने सोही मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार एभरेष्ट बैंकको ०.२१ प्रतिशतले बृद्धि भई ४७३ रुपैयाँले कारोबार भएको छ । यसका साथै, नेपाल बैंकको ०.४७ प्रतिशत र प्राइम कमर्सियल बैंकको ०.४७ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यस्तै, लाभांश वितरण नगर्ने निर्णय गरेको एनमबि बैंकको शेयरमूल्य २.८४ प्रतिशतले सर्वाधिक घटेर १९८ रुपैयाँमा कारोबार भएको छ । लक्ष्मी सनराईजको २.३६ प्रतिशत र सानिमा बैंकको ०.६३ प्रतिशतले सबैभन्दा कम अंकले शेयरमूल्य घटेको छ ।