शिवम् होल्डिङ्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
१५ मंसिर २०८०, शुक्रबार १२:३९
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पूंजी ५ अर्व ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरले एक करोड १६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसंग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।
उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।