नवलपरासीमा मंसिर २४ गतेदेखि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
काठमाडौं । पश्चिम नवलपरासीको भुमहीमा लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको र योङ्ग गोर्खालीज क्लबको आयोजनामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो ।
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटका अनुसार मसिर २४ गतेदेखि २६ सम्म आयोजना गर्ने लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरि ३०० बढी खेलाडी सहभागी हुने बताए ।
प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा टीममा शिर्ष तिन स्थान हात पार्नेले क्रमशः टफ्री सहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र, दोश्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेश्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केवटले जानकारी दिए । उत्कृष्ट क्यारुगी, अनुशासित खेलाडीलाइ आकर्षक पुरस्कार रहेको छ ।
योङ्ग गोर्खालीज क्लबको समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने योङ्ग गोर्खालीज क्लबका उपाध्यक्ष विशाल पौडेलले बताएका छन् ।