चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान

१५ मंसिर २०८०, शुक्रबार १०:५९

काठमाडौं । चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

कम्पनी सञ्चालक समितिको निर्णयले सभा आगामी पुस ७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने छ ।

त्यसैगरी,सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*