१८ प्रतिशतले घट्यो बीमितहरुले पाउने बीमालेख धितोकर्जा, कुनको कति ? (सूचीसहित)

१४ मंसिर २०८०, बिहीबार १६:४०

काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुका बीमितले पाउने बीमालेख धितोकर्जा १८ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बीमितले पाउने बीमालेख धितोकर्जा घटेको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई एक अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रदान गरेका छन् । गत आवको सोही अवधिमा बीमितहरुले एक अर्ब ८३ करोड रुपैयाँ बराबरको बीमालेख धितोकर्जा वापतको सुबिधा पाएका थिए ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले बीमितलाई सबैभन्दा बढी बीमालेख धितोकर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले ५३ करोड १८ लाख रुपैयाँको बीमालेख धितोकर्जा उपलव्ध गराएको छ । गत आवको तुलनामा यस्तो कर्जा १० दशमलव १४ प्रतिशतले बृद्धि भएको छ ।

तीन महिनामा नेशनल लाइफको बीमालेख धितोकर्जा २२.०८ प्रतिशतले बृद्धि भई २१ करोड ६१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन लाइफको ८८ प्रतिशतले बृद्धि भई २० करोड ४८ लाख रुपैयाँ र एशियन लाइफको १२८ प्रतिशतले बढेर १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल लाइफले ११ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ५० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच करोड ५५ लाख रुपैयाँ, मेट लाइफले पाँच करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफले एक करोड ८० लाख रुपैयाँ बराबरको बीमितलाई बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*